मंसिर ३०,
ग्लोबल आवाज
गुल्मी । निर्माण कार्य सुस्त गतिमा चल्दा अलपत्र बनेको गुल्मीको रिडीमा बन्न लागेको तिनमुखे पुलको निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ । निर्माण कम्पनीले सुस्त गतिमा काम गर्दा अबधि पुरा हुँदा समेत पुल सम्पन्न हुन सकेको छैन् । तिन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा, गुल्मी र स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीन मुखे पुल लामो समयदेखि निर्माण कार्य नहुँदा सम्पन्न हुन सकेको छैन् । तर पछिल्लो केहि महिना यता भइरहेको निर्माण कार्यले अब छिट्टै पुरा हुने देखिएको छ ।
नेपालको धार्मिक प्रर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाँउपालिका जोड्ने, पाल्पाको रुरु धाम, स्याङ्गजाको कारीकोट जोडने पुल नेपालकै नमुना झोलुङ्गृेपुल निर्माण कम्पनीको ढिलाई हुँदा निर्माण कार्य अन्तिम चरणमा पुग्ने समयमा उल्लेख्या काम हुनसकेको थिएनन् । हाल निमार्ण कार्य सम्पन्न हुने समयमा पुलको पिलर निर्माण कार्य लगायत अरु ५० प्रतिशत काम भएको निर्माण कम्पनीले जनाएको छ । पुलको ०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरि ०७१ मंसिर १५ गते निर्माण कार्य सुरु भएको थियो । नेपाल सरकारको रुथानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग (डोलिडार) ले निर्माणका लागि ठेक्का प्रदान गरेको थियो ।
कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ लागतमा बन्न लागेको पुल निर्माणको जिम्मा नयाँबाटो –रुबिना—मना जेबिले निर्माणको जिम्मा पाएका थिए । तिन वटा कम्पनीहरुले संयुक्त रुपमा उक्त पुल निर्माण गर्न जिम्मा पाएका हुन् । यहि गतिमा काम भए अबको तिन महिनामा निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोरसंगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत सहयोग पु¥याउने स्थानीयको भनाई छ । कुल ५ सय ४० मिटर लम्बाई रहने पुलका प्रत्येक तिन वटा लठ्ठाहरुको लम्बाई १ सय ८० हुने ब्यवस्था रहेको छ । कालीगण्डकी नदीको बीचमा झण्डै सात मिटर गोलाई भएको पिल्लर रहेको छ ।
पुललाई सकेसम्म आकर्षक बनाउने तयारी गरी नक्सा बनाएको छ । पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यहि जिल्लामा जान सक्ने डिजाइन रहेको छ । नेपालमै नुमनाको रूपमा रिडिमा तीन मुखे झलुङे पुल बन्न थालेकाले गुल्मेलीहरू खुसी भएका छन् ।पुल बनेसँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानीयहरू सहजताका साथ एकै ठाउँमा जोडिने छन् ।पुलका तीन वटै मुख मोटरबाटोको नजिकै रहने छन् ।
प्रतिक्रिया