काठमाण्डौं । रुपन्देही–२ प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्ध परेको रिट निवेदनमा आज दुबै पक्ष बीच छलफल हुँदै छ । सर्वोच्च अदालतले असोज ३१ गरे अन्तरकालिन आदेश दिँदै आज कार्तिक–२ का लागि दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।
रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको थियो । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) बमोजिम गुरुङको उम्मेदवारी मनोनयन खारेज गरेको थियो । प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान उल्लेख गरिएको छ । सोही दफा १३ को खण्ड (ज)मा प्रचलित कानूनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर उम्मेदवार बन्नका लागि अयोग्य हुने उल्लेख छ ।
शुक्रवार न्यायाधीश हरि फुयालको एकल इजलासमा परेको सो मुद्दा झगडीया पक्षले नै स्थगनको निवेदन दिएपछि सुनुवाई हुन सकेको थिएन । आइतवार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा सुनुवाई सकिएको थियो । गुरुङले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै दायर गरेको रिटमाथि सुनुवाईपछि सर्वोच्चले कारण देखाउ आदेश दिएको थियो । रिट निवेदकको पक्षबाट शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठलगायतले बहस गरेका छन् भने । रुपन्देहीका मतदाताको पक्षबाट राजेन्द्र आचार्यले वहस गर्दै आयोगको निर्णयको बचाउ गरेका गरेका छन् ।
प्रतिक्रिया