ताजा अपडेट »

अरिंगालको टोकाइबाट सल्यानमा आमा छोरीको मृत्यु, एक घाइते

मंगलबार, ०१ कार्तिक २०७९

सल्यान । अरिंगालको टोकाइबाट सल्यानमा आमा छोरीको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिंगालको टोकाइबाट मृत्यु भएको हो । सोमबार दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो ।

अरिंगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगर स्थिति परोपकार अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचार नभएपछि थप उपचारका लागि कोहलपुर लिने क्रममा राती बाटोमै आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अरिंगालकै टोकाइबाट शोभाका अंकल २१ वर्षीय घाइते भएका छन् । उनको श्रीनगर स्थिति परोपकार अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । तिनै जनालाई अरिंगालले सँगै टोकेको थियो । अरिंगालको टोकाइबाट सल्यानमा आमा छोरीको मृत्यु, एक घाइते सल्यान । अरिंगालको टोकाइबाट सल्यानमा आमा छोरीको मृत्यु भएको छ ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिंगालको टोकाइबाट मृत्यु भएको हो । सोमबार दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगर स्थिति परोपकार अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचार नभएपछि थप उपचारका लागि कोहलपुर लिने क्रममा राती बाटोमै आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अरिंगालकै टोकाइबाट शोभाका अंकल २१ वर्षीय घाइते भएका छन् । उनको श्रीनगर स्थिति परोपकार अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । तिनै जनालाई अरिंगालले सँगै टोकेको थियो ।