ताजा अपडेट »

राउण्ड टेबलद्वारा विद्यार्थीलाई न्यानो लुगा सहयोग

आइतबार, २९ मंसिर २०७६


मंसिर २९
ग्लोबल आवाज
भैरहवा । लुम्बिनी राउण्ड टेबल १६,भैरहवाले विद्यार्थीहरुलाई स्विटर वितरण गरेको छ । क्लबले सिद्धार्थनगर स्थित मेउडीहवा आधारभुत बिद्यालयका २४० जना विद्यार्थीहरुलाई स्विटर प्रदान गरेको हो । क्लबले शुक्रबार एक समारोहको आयोजना गरी बिद्यार्थीलार्य स्विटर हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष सौरभ अग्रवालको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक हेमन्त अधिकारीको आतिथ्यतामा स्विटर वितरण गरिएको कार्यक्रमका संयोजक अभिषेक बेरिवलले बताए ।

तराइमा जाडो बढेसँगै न्यानो कपडाको अभावमा सरकारी बिद्यालयमा अध्ययनरत न्यून आय भएका अभिभावकहरुका बालबालिकाहरुको पठन–पाठनमा असरपर्ने हुुँदा क्लबले आवश्यक विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको अध्यक्ष शौरभ अग्रवालले बताए । विद्यालयमा उपस्थित भई विद्यार्थीका लागि न्यानो कपडा प्रदान गरी सहयोग गरेकोमा प्रधानाध्यापक अधिकारीले धन्यवाद व्यक्त गर्दै अध्ययनमा टेवा पुुग्ने बताए । सहयोग हस्तान्तरण समारोहमा क्लबका टेबलरहरु रोहीत अग्रवाल, सोनुु केडिया, प्रविन अग्रवाल, अर्पित अग्रवाल, राहुल अग्रवाल, अभिरत अग्रवाल, विनय गोएल, मोहित अग्रवाल लगाएतको उपस्थिति रहेको थियो ।