काठमाण्डौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार बढाएर सूची पठाएको हो । नेपाल आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ ।
निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको हो । निगमले हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको पनि जानकारी दिएको छ ।
प्रतिक्रिया