पाेखरा । गण्डकी प्रदेशमा "एकताबद्ध देश, खेलकुदकाे सन्देश" नाराका साथ असोज २८ गते देखि शुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत आईतबार १७ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका खेलहरु पाेखरामा शुरु भएको छ । साे प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ शारीरिक सुगठन खेल संयाेजक शिवलाल श्रेष्ठकाे अध्यक्षता तथा पाेखरा उपमहानगरपालिकाका नगर प्रमुख घनराज आचार्यकाे आतिथ्यतामा भएको थियो।
नेपाल शारीरिक सुगठन संधका महासचिव अजय बज्राचार्यले संचालन गरेको उक्त कार्यक्रम पाेखरा सभागृहमा संचालन भएको थियो । नेपाल शारीरिक सुगठन संधका अध्यक्ष राजेशबाबु श्रेष्ठ बिशिस्ट आतिथ्यता रहेको साे कार्यक्रममा स्वागत मन्तव्य भने कास्की बडी बिल्डङ्ग एशाेसियसनका अध्यक्ष राकेश जाेशीले राखे । साे नेपाल शारीरिक सुगठन संधका पदाधिकारीक रुपन्देही, भक्तपुर, कपिलवस्तु लगायतका जिल्ला अध्यक्षहरुकाे समेत उपस्थित रहेको थियोे ।
प्रतियोगितामा ५५ किलो तौल समूहमा गण्डकी प्रदेशका विवेक हमालले स्वर्ण जितेका छन् भने बाग्मती प्रदेशका दिनेश गाेसाईले रजत तथा विभागीय टाेली नेपाल आर्मीका रमेश फन्वाले कांस्यमा चित्त बुझाए । यसैगरी प्रतियोगिता अन्तर्गत ६० किलो तौल समूहमा नेपाल प्रहरीका डेभिड बलामी प्रथम भए भने नेपाल आर्मीका किशन दास दिवाकरले रजत तथा लुम्बिनी प्रदेशका सुनिल आलेले कांस्य पदक हात पारे । ६५ किलो तौल समूहमा गण्डकीका असिम गरुँगे ले स्वर्ण जिते भने लुम्बिनीका नबराज डुम्रेले रजत तथा सुदुर पश्चिमाञ्चलका सुनिल चन्दले कांस्य पदकमा चित्त बुझाए ।
७० किलो तौल समूहमा विजेता नेपाल आर्मीका प्रजजब मान शाक्य प्रथम मधेस प्रदेशका किरण यादब दाेश्राे तथा लुम्बिनी प्रदेशका बिजेन्द्रमान श्रेष्ठ तृतीय बने । ७५ किलो तौल समूहमा त्रिभुवन आर्मीका नरेश मालाकार ले जिते भने मधेस प्रदेशका शन्नि आजम दाेस्राे तथा बाग्मती प्रदेशका याेगेश शाही तृतीय स्थानमा चित्त बुझाए । प्रथम,दाेश्राे र तेस्रो हुने खेलाडीलाई मेडम प्रमाणपत्र प्राप्त गरे भने प्रथम हुने खेलाडीले २५ हजार नगद समेत प्राप्त गरे । पुरस्कृत खेलाडीलाइ नेपाल शारीरिक सुगठन तथा फिटनेस संधका अध्यक्ष राजेशबाबु श्रेष्ठ, एनबिबिएफएका उपाध्यक्ष दिनेश राजभण्डारी , महासचिव राजन श्रेष्ठ तथा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे । साे प्रतियोगितामा २० जना निर्णायकहरु निर्णय प्रक्रिया मा सहभागी रहेको जुरी मेम्बर प्रतापकाजी बरियाले जानकारी दिए ।
आज भएको प्रतियोगितामा सात प्रदेश तथा तीन बिभागीय टाेलीबाट ५ वटा इभेन्टमा ४९ जना खेलाडीहरु काे सहभागीता रहेको रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले जानकारी दिए । शारीरिक सुगठन खेल अन्तर्गत कै महिला तथा पुरुष फिजिक्स बिधा तथा बडि बिल्डङ तर्फकाे ८० किलो तौल समूह र ८० किलो तौल समूह माथिका तर्फका खेलहरु भने भाेलि साेमवार संचालन हुने उनले बताए ।
प्रतिक्रिया