मंसिर २९,
ग्लोबल आवाज
बुटवल । द्वारिका उदय सिनेमा हल दोस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वर्ष प्रवेशको अबसरमा हलमा विशेष कार्यक्रम गरी मनाएकोछ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले कार्यक्रमको उद्धाटन गर्दै बुटवल उपमहानगरपालिकालाई स्मार्ट सिटि बनाउने अवधारणा अनुसार काम भैरहेको बताए ।
चलचित्र हलका अध्यक्ष प्रदिप कुमार उदयले एक वर्षको अवधिमा दर्शकको उतसाहजनक उपस्थिति र साथ रहेको बताए । अहिलेको डिजिटल युग अनुसार विश्बकै चलचित्र उद्योग डिजिटलमय भएको बताए । नेपाली चलचित्र उत्पादनमै लागेको भएर श्रमलाई प्राथमिकतामा राखेको हल संचालन गरेको उनले बताए । कार्यक्रममा नेपाल चलचित्र संघ पश्चिमाञ्चलका संयोजक कपिल प्रसाद झा, उद्योगी तथा समाजसेबी महेन्द्र नारायण श्रेष्ठ, टकं प्रसाद पोखरेलले शुभकामना दिएका थिए । चलचित्र हलको वार्षिकोत्सवको अबसर पारेर प्रथम दर्शक विष्णु प्रसाद भटट्राईलाई सम्मान गरेको छ ।
यसैगरी ग्रस कलेकसन कमाउन सफल भएको नेपाली चलचित्र ‘छ माया छ पक्कै’ युनिटलाई सम्मान गरिएको छ । हल सञ्चालनमा योगदान दिने वर्ष कर्मचारीका रुपमा सुनिल गुरुङग्, लक्ष्मी प्रसाद शाक्यलाई जनही ५–५ हजारसहित सम्मान गरिएको छ । चलचित्र ‘छ माया छ पक्कै’ ले देशभर २० करोड रुयैयाँ ग्रस कलेक्सन गरेको थियो ।
चलचित्र हल सञ्चलाक नारायण कुमार पाण्डेले व्यवसायसँगै सामाजिक कार्यमा आफूहरु लागेको बताए । राजर्माग चौराह स्थित प्रधान हाईटमा रहेको हलमा साढे ३ करोड लगानी भएको छ । हलको दर्शक क्षमता २ सय ३० जना छ ।
प्रतिक्रिया