गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले यो निर्वाचन राष्ट्रियताको रक्षा र राष्ट्रघातीबीचको लडाइँ भएको बताउँदै जनताको भोट राष्ट्रियता विरोधीहरुकालागि देश बन्धकी राख्ने लाइसेन्स बन्न नहुने बताए ।
गुल्मीको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारमा नेकपा एमाले गाउँ कमिटिले आयोजना गरेको चुनाव केन्द्रित कार्यकर्ता भेलामा बोल्दै गुल्मी क्षेत्र न १ का संघीय सांसदका उम्मेदवार समेत रहेका प्रदिप कुमार ज्ञवालीले गठ बन्धन सँगकाौ त्रासबाट मुक्त हुन कार्यकर्ता लाई आग्रह गर्दै राष्ट्रिय स्वाभिमानमा कहिल्यै आँच आउन एमालेले नदिएको दाबी गरे ।
नेता ज्ञवालीले गठवन्धन सरकार बनेपछि विकासका कुनै काम नभएको र एमालेले शुरुगरेका विकास आयोजना र सडकका बजेट कटौती गरेको र गुल्मीका ३५ वटा सडकको वजेट काटेर विकास विरोधी कान गरेको बताए ।
कालीगण्डकी करिडोर चिन भारत जोडने राजमार्गको रुपमा विकास भईरहँदा आफ्नो पहलमा भएको कामले यो क्षेत्रका जनता लाभान्वित भएकोमा खुशि लागेको बताउँदै नेता ज्ञवालीले गरेको कामलाई जस्ताको तस्तै भन्नु पर्ने र अरुले जस्तो नगरेका कामले सामाजिक सन्जाल रँगाउने काम आफुले नगरेको बताए ।
विस्तारित बैठकमा आफ्नो प्रतिबद्धता राख्दै नेकपा एमाले क्षेत्र १प्रदेश क का उम्मेदवार चिन्तामणी पाण्डेले गठवन्धन नेपाल र नेपालीको हितमा नभएको बताउनु हुँदै विदेशीको इसारामा एमालेका विरुद्धमा गरिएको अपवित्र गठवन्धन भएको बताए । प्रदेश सदस्य क का उम्मेदवार पाण्डेले विकास र समृद्धिका लागि आफू सधै गुल्मेली जनतासँग हातेमालो गर्दै हिजोपनि लागेको र आगामी दिनमा जनताको काममा समर्पित रहने प्रतिबद्ध व्यक्त गरे ।
कालिगण्डकी गाउँ पालिकाको विस्तारित वैठक तथा कार्यकर्ता भेलामा बोल्दै नेकपा एमालेका गुल्मी जिल्ला अध्यक्ष बालशिँह काउछाले पार्टी कार्यकर्ता हरु अनुशासित बन्नु पर्ने धारणा राखे । अध्यक्ष काउछाले विगतको समिक्षा भईसकेको ले अव भविष्य तय गर्ने बाटोमा लाग्न पार्टीको नीति , कार्यक्रम , समृद्धि र विकासको यात्रको व्यापक प्रचारप्रसार गर्दै एमालेको पक्षमा माहौल सिर्जना गर्न र मतदाता शिक्षाला अगाडी बढाउन समेत कार्यकर्तालाई आग्रह गरे ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजि ढकालको अध्यक्षतामा भएको एमालेको विस्तारित वैठक र वृहत् कार्यकर्ता भेलामा कालीगण्डकी गाउँपालिकाका सातै वटा वडाको सम्बन्धित पार्टीका वडा कमिटी अध्यक्षहरुले रिपोर्टिङ गरेका थिए।
भेलाले नेपाल एमालेका अध्यक्ष रामजी ढकालको संयोजकत्वमा ५ सय ५५ सदस्यीय नेकपा एमाले कालीगण्डकी निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । कार्यक्रम सन्चालन नेकपा एमाले कालीगण्डकी गाउँपालिका कमिटीका सचिव शेर वहादुर बुढाले गरेका थिए ।
प्रतिक्रिया