गुल्मी । प्रदेश र संघीयका लागि मनाेनयन दर्ता गरिसकेपछि यतिबेला गुल्मीका राजनीतिक दलहरु जनतासँग अन्तरकृया तथा छलफलमा जुटेका छन् । गाउँघरमा जनतासँगकाे पुगेर जनसम्पर्क त गरिएकै छ सँगै पार्टीका निर्वाचन परिचालन कमिटिका कार्यालयहरुपनि स्थापना गर्ने कार्य शुरु गरिएकाे छ ।
यसैक्रममा गुल्मीका सम्पूर्ण संघीय ,प्रदेश , पालिका ,वडाहरुमा शुक्रवार एकैदिन निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापना गरिएकाे छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका निर्वाचन परिचालन कमिटी क्षेत्र न १ का सँयाेजक हिमाल श्रेष्ठबाट प्राप्त जानकारी अनुसार क्षेत्र १ का ५० र २ का ४३ गरि ९३ वटा वडा हरुमा एमालेले एकैदिन निर्वाचन परिचालन कमिटिका कार्यलय स्थापना गरेकाे छ ।
यसैगरी १२ वटा पालिका दुईवटा संघीय क्षेत्र,४ वटा प्रदेश निर्वाचन क्षेत्रका निर्वाचन परिचालन कार्यालय स्थापना गरिएकाे छ । सँघिय निर्वाचन क्षेत्र १ काे कार्यालय रिडीबजारमा स्थापना भएकाे छ भने प्रदेश १ क काे सत्यवतिकाे खैरेनी प्रदेश १ ख काे निर्वाचन परिचालन कमिटीको कार्यालय छत्रकाेटकाे भेँडुवामा स्थापना भएकाे छ ।
यसैगरि निर्वाचन क्षेत्र न २ काे कार्यालय सदरमुकाम तम्घासमा र क्षेत्र न २ काे क काे सिमलटारी मा र ख काे कार्यालय इस्माकाे छल्दिक्षेत्रमा स्थापना गरिएकाे एमाले सचिवालय सदस्य श्रेष्ठले बताए ।
एकैदिन जिल्ला भरि एकसय ६ वटा निर्वाचन परिचालन कमिटीका कार्यालय स्थापनाका क्रममा आफ्नो सम्पूर्ण सँयन्त्र परिचालन गर्दै वडा निर्वाचनकाे प्रचार प्रसारलाई तिव्रता दिएकाे र सम्पूर्ण टाेल ,वडा ,पालिका ,सबै निर्वाचन क्षेत्रमा पार्टीका सम्पूर्ण निकाए चलाएमान बनाईएकाे र मुख्यत जनतासँगकाे जनसम्पर्क र अन्तरकृयालाई प्राथमिकतामा राखेकाे श्रेष्ठले बताए । शुखि नेपाली र समृद्ध नेपालकाे अभियानकाे निरन्तरतामा एमालेले आफ्नो निर्वाचन अभियान केन्द्रिकृत गरेकाे छ ।
प्रतिक्रिया