परासी । पश्चिम नवलपरासीको रामग्राम १८ पम्फापुर गाँउमा फैलिएको झाडापखलाका बिरामी बढेर प्रकोपको रुप लिएको छ । बुधवार १ सय ९ जनामा झाडापखला फैलिएकोमा सो गाँउमा परीक्षणका क्रममा हिजो विहिवार थप ५३ जना झडापखला र ज्वरोका बिरामी भेटिएका छन् ।
प्रकोपको रुपमा झाडापखला फैलिएपछि रामग्राम नगरपालिकाले गाँउमै अस्थाई शिविर संञ्चालन गरेको नगर प्रमुख धनपत यादवले बताए । झाडापखला र ज्वरोका कारण गम्भिर बिरामी भएका १९ जना मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ । दुर्गा पुजा समापनको प्रसाद खाएका सबैमा समस्या देखिएकाले फुड प्वाईजनिङ्गका कारण झाडावान्ता फैलिएको आशंका गरिएको छ ।
वास्तविक कारण पत्ता लगाउन लुम्बिनी प्रदेशको स्वास्थय निर्देशनालय, स्वास्थ्य कार्यालय सहितको टोली सम्बन्धीत स्थानमा पुगेर पानी र दिशाको नमुना संकलन गरेको रामग्राम नगरपालिकाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए । बुधवार भेटिएका बिरामिहरुलाई औषधि दिईएकोमा चेकजाँचको क्रममा अवस्था सुधार उन्मुख देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गम्भिर बिरामी भएकाहरुको पनि स्वास्थ्य अवस्थामा सुधार आएको स्वासथ्यकर्मिहरुले बताएका छन् ।
प्रतिक्रिया