ताजा अपडेट »

न्युजिल्याण्ड ज्वालामुखी बिस्फोटः ज्यान गुमाउनेको संख्या १६ पुग्यो

आइतबार, २९ मंसिर २०७६

मंसिर २९,

काठमाडौँ । न्युजिल्याण्डको ह्वाइट आइल्याण्ड ज्वालामुखी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ। उपचारको क्रममा एक व्यक्तिको आइतबार निधन भएसँगै ज्यान गुमाउनेको संख्या १६ पुगेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ ।

अझै दुईजना बेपत्ता रहेका छन् । बेपत्ता भएका मध्ये ६ जनाको यसअघि नै शव फेला पारेका खोजीकर्ताले बाँकी दुईजनाको अवस्था थाहा पाउन प्रयास जारी रहेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ । न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी गएको सोमबार बिस्फोट भएको हो । ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक हुन् ।- एजेन्सी