ताजा अपडेट »

गुल्मीमा गोकर्ण: विरासत जोगाउने उद्देश्यका साथ जनताको घर–घरमा

विहीबार, २७ असोज २०७९

गुल्मी । गुल्मी क्षेत्र नं. २ का गोकर्ण विष्ट, राष्ट्रिय रुपमै चर्चित नेता हुन् । उनी युवाले रुचाएका र सफल नेताको रुपमा स्थापित नेता पनि हुन् । विशेषगरी उर्जामन्त्री हुँदा उनले खेलेको भूमिका उनको राजनीतिक र नेतृत्व इतिहासमा सफल मानिन्छ । त्यस्तै उनी श्रम तथा रोजगार मन्त्री रहँदा श्रम र बैदेशिक रोजगारका क्षेत्रमा गरेका प्रयास र सुधारले पनि उनलाई थप अब्बल सावित गरेको थियो ।
नेकपा एमालेको केन्द्रिय सदस्य रहेका उनी आगामी निर्वाचनमा पुनः गुल्मी क्षेत्र नं.२ बाट उम्मेदेवारी दिएका छन् । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी मनोनयन दर्ता गरेका बिष्ट यतिबेला निर्वाचन क्षेत्रमा खटिएका छन् ।

जनताको घरदैलोमा पुगेर मत आह्वान गरिरहेका छन् । यद्यपी उनको कार्यकाल र गरेका काम बारे जिज्ञासाहरु भने उठ्ने गरेका छन् । विशेषगरी निर्वाचनको समयमा प्रतिपक्ष वा फरक मत राख्ने गुल्मीबासीहरुले बिष्टले के गरे, केहि गरेनन्, लगाएतका टिका टिप्पणी हुने गरेका छन् । तर, उनी अहिले आफूले गरेका काम,प्रयास र आगामी दिनका योजना लिएर गुल्मी आफ्नो निर्वाचन क्षेत्रका गाउँ–गाउँमा पुगेका छन् ।
उनी पहिलो पटक २०५६ सालमा साबिक गुल्मी क्षेत्र नम्बर –३ बाट उमेदवार हुँदा इस्मा सहित उनको निर्वाचन क्षेत्रमा त्यो बेला खानेपानीको ठूलो हाहाकार थियो । २०४८ सालदेखि जितेका नेताहरुले खानेपानीको समस्या समथान गर्न नसकेको त्यो बेलामा बिष्टले मैले तल बगेको निस्तेखोला माथि फर्काएर यहाँका जनतालाई पानी खुवाउने छु भनेर प्रतिवद्धता गरेका थिए । उनले चुनाव जिते र निस्तेखोलाको शिरबाट पानी इस्मामा ल्याएका थिए । हिजो बुढापाकाहरु तल्ला गरलको पानी उपल्ला गरामा उक्लिन्न भन्थे । तर अहिले सयांै मिटर तल खोलाको पानी माथि उक्लेरै पनि छाड्यो कैयौं ठाउँमा ।

त्यस यताका चुनावहरुमा पनि बिष्टले तम्घासदेखि सिमलटारी र प्युठानसम्मको मोटर बाटो चौडा पारिने छ र छिट्टै पिच गरिने वाचा गरेका थिए । आखिरउनी निर्वाचित भएपछि पिच पनि भयो र सिमल्टारी बजार मात्र होइन त्यहाँ देखि छल्दिटारसम्म बजारीकरण सुरु भएको छ । उनले राङदाल चौरललाई देशैभरका मानिसहरुका लागि आकर्षक गन्तब्य स्थल बनाउने योजनाअनुसार करोडौंको लागतमा गुल्मीमा अन्तरास्ट्रिय क्रिकेट रङ्गशाल निर्माण योजना ल्याए र बन्न सुरु गर्यो।

त्यसो त साबिक क्षेत्र नम्बर ३ को बिकासको श्रेय गोकर्ण बिष्टलाई मात्र जाँदैन । पञ्चायत कालका माननीय बैकुण्ठ बहादुर चन्दबाट बिकासको सुरुवात भएको हो । त्यस पछि २०४८ सालको निर्वाचनमा रुद्रमणी शर्मा भण्डारी , २०५१ पछिका टांक पोखरेल्ले विकासको इँटा थप्दै आएका थिए । २०५६ साल पछि गोकर्ण बिष्ट आधुनिक विकासमा प्रबेश गरेका थिए । २०६४ मा उनलाई पराजित गरेका माओवादीका चन्द्र बहादुर थापा सागरले पनि प्रशस्त बिकास बजेट पारेका थिए ।

२०७० पछि बिष्टले त्यही आधुनिक विकासलाइ निरंतरता दिँदै आएका छ्न । यसर्थ पनि होला उनलाई स्वतन्त्र नागरिकहरुले आधुनिक विकासका सुत्रधार समेत भन्ने गरेका छन् । त्यसको उदाहरण देखाउन साविक उनको निर्वाचन क्षेत्रको विकास मात्रै परेन । शौभाग्य नै भन्नू पर्छ तम्घासबासीका लागि साबिक ३ नम्बर क्षेत्र गाभिएर आधा तम्घास बजार क्षेत्र नम्बर २ मा पर्यो ।
सानो कच्ची घरमा ३० बर्ष पुरानो र ऐतिहासिक पाठशालाका रुपमा रहेको किरण पुस्तालयको अत्याआधुनिक भवन जो झन्डै ५ करोड लागतमा बनाउन उनैले कम्मर कसे । त्यस पुस्ताकालयका अध्यक्ष शशी पन्थीले गत बर्ष भवनको उद्घाटन समारोहमा भन्दै थिए ‘उहाँले ( गोकर्णले ) यो पुरानो भवन भत्काई हाल्नुस नयाँ भवन बनाउने जिम्मा मेरो भयो भन्नु भयो । तर मलाई ढुक्क बिश्वास नलाग्दा भत्काउन मात्रै हुने हो कि जस्तो लागेर तत्काल भत्काउन सकिन । अहिले यस्तो भवन बन्दा हर्षको सिमा छैन ।’

अहिले बन्दै गरेको जिल्ला अस्पतालको भवन पनि बिष्ट र प्रदिप ज्ञवाली कै पहलमा हो । करोडौंको लागतमा ठडिदै गरेको त्यो भवन सम्पन्न हुँदा आधुनिक विकासको अर्को झल्को हुनेछ । उनी उर्जामन्त्री बन्दा राष्ट्रिय रुपमा विद्युतमा गरेको सुधारले उनी चर्चामा त आए तर उनकै निर्वाचन क्षेत्रमा भने अझैपनि कैंयौं भर विद्युतविहिन छन् । सोही समस्यालाई बुझेर नेता बिष्ट निर्वाचन क्षेत्रको विद्य्ुतिकरण ब्यवस्थापनमा जुट्दै आएका छन् । काठका पोलहरु विस्थापित गरी स्टिलका पोलहरु गाड्ने कार्य अन्तिम चरणमा पुराई सकेका छन् । सिमलटारी सवस्टेशन निर्माणदेखि अहिले गोरुसिंङ्गे देखि अर्घाखाँची गुल्मी हुँदै वुर्तिबाङ्ग सम्मको ट्रान्समिटर लाईन जडानको ६ अर्ब भन्दा बढीको योजनाको काम भईरहेको छ र तम्घास नजिकै उनायचौरमा शवस्टेशन बन्दैछ । त्यो सम्पन्न भए पछि यस भेगकै विद्युतको दिर्घकालिन समाधान हुने निश्चित छ ।

गुल्मी जिल्ला अथवा पहाडी क्षेत्रमा सडक,पुल,खानेपानी,विद्युत जस्ता पूर्वाधार मुख्य मानिन्छन् । स्वास्थ्य,शिक्षा लगाएतका सेवाका लागि सडक पहिलो आधारभुत आवश्यकता मानिन्छ । तर, पहाडी क्षेत्रमा सडक योजना ठूला र महत्वपूर्ण मानिँदा भौगोलिक अवस्था गर्दा सडक निर्माणमा जटिलटता देखिँदै आएको उनी भन्छन् । बिष्टले भने ‘जनताको जीवनसँग प्रतक्ष्य सरोकार राख्ने सेवाका लागि सडक मुख्य पूर्वाधार हो तर, भौगोलिक जटिलताका वावजूद हामीले धेरै सडक निर्माण गरेका छौं । आगामी दिनमा दिगो हुनगेरी मुख्य र अत्यावश्यक सडक निर्माण तथा मर्मतमा केन्द्रित हुने छौं ।

जसले गर्दा शिक्षाका लागि विद्यालय, स्वास्थ्यका लागि स्वास्थ्य संस्था स्थापना तथा सेवा लिन सहज होस् ।’ पूर्व रोजगार मन्त्री रेहका बिष्टले गाउँमै रोजगारीका अभावका कारण पनि बसाइ सर्नुपर्ने पहाडको मुख्य समस्या अन्तर्गत रहेको बताउँदै स्वरोजगारका लागि पहल गरेको र आगामी दिनमा थुप्रै अवसर सिर्जना गर्नेपनि मतदाता सामु प्रतिवद्धता गरेका छन् । सरल र मिजासिला स्वभावका नेताका रुपमा परिचित बिष्टले उक्त निर्वाचन क्षेत्रमा २ पटक विजयी हासिल गरेका छन् । पुराना, अधुरा योजना पूरा गर्ने र नयाँ अत्यावश्यक योजना ल्याउने उद्देश्यका साथ निर्वाचनमा तेस्रो पटक ह्याट्रिक गर्न लागेका उनी आफ्नै पूर्वसहयात्री राम कुमारी झाँक्रीसँग प्रतिष्पर्धामा छन् ।

विगतका कार्यकाल हेरेर जनताले विश्वासका साथ मत दिने उनको दावी । भरोसा रहेको छ । २ पटक मन र मत दिएका गुल्मेली मतदाताले बिष्टलाई पुनः मत दिएर विजयी गराउँछन् वा रोक्छन् आगामी मंसिर ४ गतेपछि छर्लङ्ग हुने छ ।