गुल्मी । हरेक निर्वाचनमा रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेकका वासिन्दाले नेतासँग राख्ने मागहरु फेरेको पाइँदैन । यस पटक पनि मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनमा उठेका उम्मेदवारसँग च्यूरेकी जनताले उहीँ पुरानै माग खानेपानीको उचित व्यवस्थापन र स्वास्थ्य चौकीको कुरा दोहोर्याएका छन ।
निर्वाचन आउँदा हरेक पटक ठूलापोखरामा जम्मा भएर च्यूरेकी जनताले नेता सँग स्वास्थ र खानेपानीको माग गरिरहँदा च्यूरेक सुगम ठाउँको दुर्गम गाउँको रुपमा रहेको आभाष हुन्छ । राजनीतिक रुपले अत्यन्तै जागरुक रहेर पनि नेतासँगको पहुँचको अभावमा च्यूरेकी जनता सामान्य आधारभुत कुराहरुले पछि परेको प्रष्ट मात्र भएन तर च्यूरेकी जनताको कुरा सम्बन्धित ठाउँमा पुर्याउने माध्यम नभएको बुझिएको छ ।
जनताका समस्यालाई पहिलो प्राथमिकमा राखेर काम गर्ने कार्यकर्ता नभएको महशुस पनि च्यूरेकमा नभएको गरिएको छ।
खानेपानीका सँम्बन्धमा च्यूरेक वासी हरुले आफ्नो समस्या राखेपछि माथिल्लो च्यूरेकको खानेपानीका सँम्बन्धमा जानकारी नपाएको बताउनु हुँदै यो क्षेत्रको खानेपानीको समस्या समाधानका लागि आफूले पहल गर्ने बताए । मुख्य रुपले च्यूरेकको लिचि खेती ,रुरुक्षेत्रको पर्यटन प्रवर्द्धनलाई जोडेर च्यूरेकको विकास ,उधमशिलतासँगै युवा रोजगारका पक्षमा आफूले विशेष पहल गर्ने एमाले नेता ज्ञवालीले च्यूरेकी जनता माझ प्रतिबद्धता व्यक्त गरे ।
च्यूरेकी जनताको बाक्लो उपस्थिति रहेको मतदाता सँग सँघिय सांसदका उम्मेदवार प्रदिप कुमार ज्ञवाली र प्रदेश साँसदका उम्मेदवार फर्सु राम पाण्डेसँगको अन्तरकृयामा च्युरेकी जनताले च्यूरेकाको विकासका लागि जमेर बहस गरेका थिए ।
प्रतिक्रिया