ताजा अपडेट »

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

आइतबार, २९ मंसिर २०७६

मंसिर २९,

ग्लोबल आवाज

दोलखा । दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको रिर्जभ बस लामोसाघु जिरी सडकको ७ किलो भन्ने स्थानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

दुर्घटनामा १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा सिन्धु सदावहार अस्पताल खाडिचौरमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लामोसाँघुका सई राजेश दाहालले जानकारी दिए । दुर्घटनामा मृत्यु हुने मध्ये एकजनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी परेर १७ यात्रु घाइते भएका छन् । बस सडकबाट सिधै १ सय ५० मिटर तल खसेर थियो ।