मंसिर २९,
ग्लोबल आवाज
बुटवल । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले स्थानीय निकायदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार मौलाउँदै गएको बताएका छन् । भ्रष्टाचार र विकृतीहरु व्यापकरुपमा वृद्धिभएको बताउँदै पहाडीले राजनीतिक दलहरुमा दृढ इच्छाशक्तिको कमी भएको उल्लेख गरे । ‘हाम्रो व्यवस्थाहरुमा धमिराहरु लागेका छन् । त्यसलाई हटाउने इच्छाशक्ति राजनीतिक पार्टीहरुमा देखिएन ।’–उनले अघि भने ‘जनतामा निराशा छाएको छ, म सरकारप्रति त्यति आक्रामक हुन चाहान्न, प्रतिपक्ष दलहरु पनि त्यत्तिकै जिम्मेवार छन् ।’
मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नका लागि आईतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पहाडीले लोकतन्त्र धरापमा परेको बताए । ‘लोकतन्त्रमा ग्रहण लागेको छ, धमिराहरु लागेका छन् ।’–पहाडीले भने संविधानभन्दा पनि लोकतन्त्र जोगाउँने काम सरकारको हो । विप्लव नेतृत्वको माओवादीलाई हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह गर्दै उनले सरकारले पनि त्यसअनुसारको वातावरण मिलाउनु पर्ने बताए । जनतामा छाएको निराशालाई भजाएर आफ्नो राजनीति टिकाउने खेलमा विप्लव लागेको आरोप लगाउँदै उनले सरकार पनि अहिल्यकै अवस्थाबाट सरकार टिकानउने खेलमा रहेको उल्लेख गरे । ‘राष्ट्रिय आवश्यकता र अन्तराष्ट्रिय परिस्थितीलाई बुझ्नुस् । विप्लवले हिंसा त्याग्नुपर्छ ।’ उनले भने । सँगै युद्ध गरेको ठुलो शक्ति सत्तामा रहेका कारण विप्लवका कम्जोरीहरु सरकारलाई राम्रोसँग जानकारी भएको बताउँदै पहाडीले सरकारको कम्जोरी पनि विप्लवलाई थाहा भएका कारण, दुई ढुङ्गा बीचको टकरावबाट झिल्को निस्किएको उदाहरण दिए । दुई ढुङ्गाबाट निस्किएको झिल्कोले राष्ट्रलाई असर गरिरहेको बताउँदै उनले दुबै पक्षलाई सहमतिमा आउन आग्रह गरेका हुन् ।
एक फरक प्रसँगमा पहाडीले भारतले नेपालको भूमी मिचेको सम्बन्धमा प्रधानमन्त्रीलाई स्वयत पत्र जारी गर्न आग्रह गरे । ‘हामी भारत विरोधी अभियानमा कहिल्यई पनि लाग्ने छैनौ । मात्र मिचिएको नेपालको भू–भाग फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो ।’–पहाडीले भने । राष्ट्रियताको सवालमा हामी मौन बस्यौं भने भावि पुस्ताले कहिल्यई माफी नदिने बताउँदै उनले राष्ट्रियताका सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने आवश्यकता औंल्याए ।
मानव अधिकार तथा शान्तिसमाजको यही मंसिर २७ र २८ गते दुईदिनसम्म बसेको राष्ट्रिय परिषद बैठकले विभिन्न १२ वटा निर्णय गर्दै सम्पन्न भएको थियो । बैठकमा भारतद्वारा नेपालको सिमा अतिक्रमण, जलवायु परिर्वानको असर, मानवअधिकार आनदोलन तथा लागुऔषध दुव्र्यसन अन्तका लागि अभियान, मानव बेचविखन तथा ओसारपसार लगायत गम्भीर अपराधका बारेमा, कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने तथा वैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्यका लागि अभियान सञ्चालन लगायत महत्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी गराए ।
प्रतिक्रिया