ताजा अपडेट »

पश्चिम नवलपरासीमा ५ स्वतन्त्रसहित ६ जनाले गरे उम्मेदवारी फिर्ता

बुधबार, २६ असोज २०७९

परासी। पश्चिम नवलपरासीमा ५ स्वतन्त्र सहित ६ जनाले उम्मेद्धारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागी नेकपा एमालेवाट उम्मेद्धारी दिएकी सिन्धु जलेसा बुढाथोकीले उम्मेद्धारी फिर्ता लिएकी छिन् ।

बाँकि फिर्ता लिने पाँच जना स्वतन्त्र उम्मेद्धार छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उम्मेद्धारी दिएका गिरीस बहादुर चौधरी, कुमारी धरिकार, गुलावि कुमारी धरिकार र टेक बहादुर बुढाथोकिले उम्मेद्धारी फिर्ता लिएका छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट भेष बहादुर खरालले प्रदेश सभा सदस्यमा दिएको उम्मेद्धारी फिर्ता लिएका छन् ।

दुवै निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेद्धारको अन्तिम नामावली प्रकाशन गरेका छन् । साथै स्वतन्त्र उम्मेद्धारलाई चुनाव चिन्ह पनि प्रदान गरिएको छ । कार्यालयले स्वतन्त्र उम्मेद्धारलाई धाराको टुटि, कंगारु, टेबुल जस्ता चिन्ह प्रदान गरेको जनाएको छ ।