ताजा अपडेट »

पश्चिम नवलपरासीमा निर्वाचनका लागि १६ दल सहभागी

बुधबार, २६ असोज २०७९

परासी । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पश्चिम नवलपरासी जिल्लाबाट १६ दल सहभागी भएका छन् । जिल्लास्थित निर्वाचन अधिकृतका कार्यालयहरुले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा पश्चिम नवलपरासी जिल्लाका २ निर्वाचन क्षेत्र र ४ प्रदेशसभामा राजनीतिक दलसहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ५१ जना विभिन्न दल र ३७ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । दुवै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा ३६ जनाले उम्मेदवारी दिएका छन् । त्यहाँ स्वतन्त्र उम्मेदवारी दिनेको संख्या १५ छ ।४ प्रदेशसभातर्फ ५२ जनाले उम्मेदवारी दिएका छन् । जसमा स्वतन्त्रबाट उम्मेदवारी दिनेको संख्या २२ रहेको छ । स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह आज प्रदान गरिएको छ ।