ताजा अपडेट »

ओलीको पत्रले चितवन ३ का रामप्रसाद अधिकारीको उम्मेदवारी सूचीबाट हट्यो

बुधबार, २६ असोज २०७९

चितवन । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार न्यौपानेको उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ । 

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन ३ मा माओवादीबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट चुनाव लड्दै छन् ।