ताजा अपडेट »

घनश्याम भुसाललाई चुनाव चिह्न ‘त्रिभुज’

बुधबार, २६ असोज २०७९

बुटवल । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ । त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो । भुसाललाई सत्ता गठबन्धनको समेत सहयोग रहेको छ ।