ताजा अपडेट »

गुल्मी-२: गठबन्धनका बागी भुसालले उम्मेद्वारी फिर्ता गरेनन्

बुधबार, २६ असोज २०७९

गुल्मीको क्षेत्र नम्वर २ मा गठबन्धनका बागी उमेदवार कांग्रेस नेता दामोदर भुसालले तोको समय आज दिउँसो एक बजे भित्र आफ्नो उमेदवारी फिर्ता नलिए पछि गठबन्धनलाई एक प्रकारको धक्का र एमालेजनमा उत्साह छाएको छ।

गठबन्धनकी आधिकारिक उमेदवार रामकुमारी झाँक्री बिरुद्ध स्वतन्त्र भन्दै बागी उमेदवारी दिएका भुसाललाई नेपाली कांग्रेस गुल्मीले आज दिउँसो १ बजे सम्मका लागि उमेदवारी फिर्ता गर्न २० घण्टे अल्टीमेटम दिएको थियो । त्यस अवधीमा उनले उमेदवारी नदिए स्वतः कार्बाही गर्ने चेतावानीलाई वेवास्ता गर्दै उनले उमेदवारी फिर्ता नलिए पछि गठबन्धनकी उमेदवार झाँक्रीलाई थोरै धक्का र एमालेका उमेदवार गोकर्ण बिष्टलाई केहि सहज भएको राजनैतिक बृत्तमा चर्चा छ ।

भुसालले तोकेको समय अवधी भित्र उमेदवारी फिर्ता नलिएको त्यस निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत शिब बहादुर थापाका अनुसार त्यस क्षेत्र प्रदेश गरी कुल १७ जनाले स्वतन्त्र उमेदवारी दिएकोमा गठबन्धनका अर्का बागी उमेदवार नरेन्द्र बहादुर अर्यालले भने उमेदवारी फिर्ता लिएका छन् ।

कांग्रेस नेता अर्यालले उमेदवारी फिर्ता लिए पछि ख प्रदेश र संघिय निर्वाचनकी उमेदवार झाँक्रीलाई सहज बनेको तर जनमत नभएका भुसालको उमेदवारीले खासै फरक नपर्ने गठबन्धन दलका नेताहरुको भनाई छ ।