गुल्मी । गुल्मीको क्षेत्र नम्बर २ को प्रदेश ख का उमेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डका ज्वाँई बुद्धि जिसीलाई समर्थन जनाउँदै बागी उठेका एक जना कांग्रेस नेताले उमेदवारी फिर्ता लिएका छन् । नेपाली काङ्ग्रेसका नेता नरेन्द्र बहादुर अर्यालले उम्मेद्बारी फिर्ता लिएका हुन । अर्यालले गठबन्धनका उमेदवार जिसीलाई समर्थन जनाउँदै उम्मेद्बारी फिर्ता लिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिव बहादुर थापाले जानकारी दिए ।
‘उहाँलाई मैले समर्थन जनाउँदै उमेदवारी फिर्ता लिएको हुँ, अर्यालले भने उहाँ प्रति मेरो समर्थन मात्रै होईन जिताउन मुख्य जिम्मेवारी समेत रहने छ । कांग्रेस नेता अर्यालले उम्मेद्बारी फिर्ता लिएसंगै आफ्नो जित थप सहज भएको उमेदबार जिसीको दाबी छ । उनी जिल्लामा बिकास प्रेमी नेताका रुपमा परिचित छन । अर्यालको उम्मेद्बारी फिर्ताले त्यस क्षेत्रको गठबन्धनका उमेदवार रामकुमारी झाक्रीलाई समेत सहज भएको गठबन्धन दलका नेताहरुको भनाई थियो ।
प्रतिक्रिया