ताजा अपडेट »

ड्रोन उडाएर विप्लवले गरे पार्टीको नवौँ महाधिवेशन उद्घाटन

मंगलबार, २५ असोज २०७९

कपिलबस्तु । नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेका छन् । नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन उद्घाटन गरेका विप्लवले सांकेतिक विष्पोट र ड्रन उडाएर गरेका थिए ।

विप्लवलाई नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा राता ड्रेस लगाएका युवाले सलामी अर्पण गरेका थिए । महाधिवेशन उद्घाटन अगाडि शिवगढीका ठाउँ-ठाउँमा झाकी र र्याली निकालिएको थियोे । महाधिवेशनमा देशभरका झण्डै ७ सय प्रतिनिधि पर्यवेक्षक सहभागी भएको जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताए ।

कार्यक्रम असोज ३१ गतेसम्म रहने समेत डुम्रेले बताए । उद्घाटन कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तब्य राखिरहेका छन्, केही समयमा विप्लवले सम्बोधन गर्न कार्यक्रम रहेको छ । विप्लप नेतृत्वको नेकपाको नवौं महाधिबेशन कपिलबस्तुको शिबगढीमा महाधिबेशन महासचिव बिप्लपको अध्यक्षता एवं प्रबक्ता प्रकाण्डको संचालन र सचिवालय सदस्य सन्तोश बुढामगर बिषमको स्वागत मन्तब्यसंगै अगाडि बढेको छ।

महाधिबेशनमा सुभकामना मन्तव्य दिन नेकपाका अध्यक्ष ऋषि कट्टेल, बैज्ञानिक समाजबादी पार्टीका महासचिव आहुती, नेकपा माओबादी समाजबादीका उपाध्यक्ष बिनोद उपाध्याय,बरिस्ठ अधिवक्ता एकराज भण्डारी , मानबअधिकार संगठनका अध्यक्ष देबहादुर पौडेल, राष्ट्रिय बामपन्थी मोर्चाका संयोजक दिर्घ पाण्डे, सहिद बेपत्ता परिबार समाज अध्यक्ष राम बहादुर थापा लगायत जनबर्गिय संगठनका नेताहरुले सुभकामना दिने कार्यक्रम रहेको छ ।