मंसिर २८,
ग्लोबल आवाज
बुटवल । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानिय सरकारको भुमिका बिषयक दुई दिवसिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा एवं यूएस एड, यूके एड, माईती नेपाल लगाएतको सहयोगमा सम्पन्न सो गोष्ठीमा मानव ओसारपसार तथा बेचबिखन नियन्त्रणका लागि तिनै तहका सरकारले ठोस निति तथा योजना ल्याउनु पर्ने आवश्यक्ता औंल्याइएको छ ।
बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकाका उपप्रमुख, कार्यपालिका सदस्य लगाएत जनप्रतिनिधीहरु, कर्मचारीहरु, प्रहरी प्रशासनका प्रतिनिधीहरु, सम्बन्धित क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगाएतको सहभागिता रहेको सो गोष्ठीमा सहभागिहरुले मानव ओसारपसार तथा बेचबिखनको अवस्था नेपालमा बिकराल रहेको बताएका छन । मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भिर समस्या समाधानका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय तहले समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिँदै सहभागिहरुले अशिक्षा, गरिबी, पछौटेपन, बेरोजगारी र चेतना अभावका कारण मानव ओसारपसार तथा बेचबिखन नेपालमा मौलाएको बताएका छन ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एकराज बिश्वकर्माले समस्या समाधानका लागि सरकारले आवश्यक निति र योजना बनाउनु पर्ने उल्लेख गर्दै मानव ओसारपसार तथा बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबिच सहकार्य र समन्वय हुनुपर्ने बताए । स्थानिय तहले ठोस निति र योजना बनाएरै यसको समाधानका लागि पहलकदमी गर्नुपर्ने कुरामा जोड दिँदै प्रमुख बिकले मानव सभ्यताको संरक्षण र सामाजिक मुल्य मान्यतालाई आत्मसाथ गर्दै उन्नती प्रगती र समृद्धिको दिशामा अघि बढ्नुपर्ने बताए ।
सो कार्यक्रममा जिल्ला बिकास समितिका सदस्य खेमप्रसाद लुईटेल, बुटवल उपमहानगरपालीकाका उपप्रमुख गुमादेवी आचार्य, सिद्धार्थनगर नगरपालीकाका उपप्रमुख उमादेवी काफ्ले, सैनामैना नगरपालीकाका उपप्रमुख बिना राना मगर, वडाध्यक्ष शिव अधिकारी लगाएतका बक्ताहरुले बिभिन्न बहानामा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सबै सरकारी तथा गैरसरकारी निकायको तदारुकता आवश्यक रहनुपर्ने बताएका थिए ।
प्रतिक्रिया