ताजा अपडेट »

डेंगु बिरामीको संख्या ३४ हजारको नजिक

मंगलबार, २५ असोज २०७९

काठमाडौं ।  नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ । २०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । 

डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ ।