ताजा अपडेट »

नर्समाथि ७ शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयासको अभियोग

मंगलबार, २५ असोज २०७९

काठमाडौँ । बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । ३२ वर्षीया लुसी लेट्बीले सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास अस्वीकार गरेकी छिन् । 

उनीमाथि उत्तरपश्चिम इंगल्यान्डको चेस्टरको काउन्टेस अफ चेस्टर अस्पतालमा हत्या गरेको आरोप छ । उक्त अस्पतालमा उनले काम गरेकी थिइन् । सन् २०१५ को मध्यदेखि १२ महिनामा दुई बालबालिकालाई इन्सुलिनको विष सेवन गराएको एउटा समीक्षामा देखाइएको । ‘केवल व्यावहारिक निष्कर्ष कोर्न सकिन्छ कि यो जानाजानी गरिएको थियो’ उक्त मुद्दासँग सम्बन्धित वकिल निक जोनसनले भने ।-एजेन्सी