ताजा अपडेट »

झरि,पहिराे छल्दै एमाले नेता प्रदिप ज्ञवाली जनता भेट्न गाउँ–गाउँमा

सोमबार, २४ असोज २०७९

चन्द्रकाेट मजुवा । असोज महिनाकाे मध्य कटिसकेकाे छ ,तैपनि झरीले छाडेकाे छैन, फर्कि-फर्कि अकाश वर्षिरहँदा वास्तवमा मौसमले साथ दिएकाे छैन । बाटा-घाटा भत्केका छन्,पहिराे झरेकाे छ । खाेला नाला बढेका छन् तर, पनि संघीय र प्रदेशमा उम्मेदवार मनाेनयन भएसँगै गुल्मीमा उम्मेदवार हरुकाे चुनावी अभियान शुरु भएकाे छ ।

यतिबेला गुल्मी क्षेत्र न १ का लागि एमाले उम्मेदवार नेकपा एमालेका नेता प्रदिप कुमार ज्ञवाली वर्षा र पहिरोलाई छल्दै चन्द्रकाेटका आम मतदाता र कार्यकर्तालाई भेट्न गाउँ-गाउँ र टाेल टाेलमा पुगेका छन् । मुख्य रुपले अघिल्ला कार्यकालमा भए गरेका कामहरु र अबका पाँच वर्षका लागि प्राथमिकतामा के याेजना आवश्यक छन् भन्ने सम्बन्धमा अन्तरकृया कार्यक्रममा कार्यकर्ता र आम मतदाता सँग छलफल गरेका छन्। यसैगरि नेकपा एमालेबाट प्रदेश सभा १ क का उम्मेदवार चिन्तामणी पाण्डे पनि सँगै छन् ।

कार्यकर्ताहरुले मुख्यतया रुद्रवेणि वामिटक्सार ,मजुवा शान्तिपुर सडककाे स्तराेन्नतिका मागहरूलाई जाेडदार रुपमा उठाएका छन् ।कार्यकर्ताका जिज्ञाशाकाे उत्तर दिँदै नेकपा एमाले उपमहासचिव समेत क्षेत्र न १ का सँघिय सँसदका उम्मेदवार प्रदिप कुमार ज्ञवालीले रुद्रवेणि वामिटक्सार सडक वैशाखसम्म सम्पन्न हुने बताए ।

एमाले नेता ज्ञवालीले डहरे खाेलाकाे पुल निर्माणकाे प्रकृयामा रहेकाे ,खर्ज्याँग गौँडाकाेट जुभुँग मजुवा शान्तिपुर सडक निर्माण कार्य हुँदै गरेकाे साथै मजुवामा कृषि ,पशुपालनकाे प्राविधिक अध्ययन हुने गरि कृषि प्राविधिक शिक्षालय ,सिँचाइ लगाएतका क्षेत्रमा चन्द्रकाेटमा काम गरकाे बताए।

मुख्य रुपले सत्तरी सालमा दुईजनाले शिलान्याश गरेकाे रिडीकाे तिनमुखे पुल , २०७४ सालसम्म कुनै काम अगाडि नबढेको र एमाले सरकार निर्माण भईसकेपछि बजेट बिनियाेजन भएपछि काम सम्पन्न भएकाे ,कालीगण्डकी करिडाेर ,मदन भण्डारी राजमार्गकाे निर्माण कार्यसँगै खरकाे छाना मुक्त अभियान ,खानेपानी शिक्षा स्वास्थ खेलकुद क्षेत्रमा आफ्नो तर्फबाट धेरै काम गरेकाे बताए । कार्यकर्ता भेटघाट कार्यक्रममा राष्ट्रिय राजनीतितर्फ इँगित गर्दै एमाले नेता ज्ञवालीले राष्ट्रियता वलियाे बनाउन र देश बचाउन एमालेकाे जित अनिवार्य भएकाे बताए। कार्यकर्ता भेटघाट कार्यक्रममा धारणा राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य ज्ञवालीले एमालेकाे सरकार पछि बनेकाे सरकारले कुनै जनमुखी कार्यक्रम नल्याएको बताए ।

कार्यक्रममा बाेल्दै क्षेत्र न १ क का प्रदेश सभा उम्मेदवार चिन्तामणी पाण्डेले युवा लक्षित कार्यक्रमसँगै जनमुखी कार्यक्रम आफ्नो प्राथमिकतामा रहेकाे बताए। कार्यकर्ता भेटघाट कार्यक्रम नेकपा एमाले चन्द्रकाेट गाउँपालिका अध्यक्ष टँकनाथ अर्यालकाे अध्यक्षतामा भएकाे थियाे । यसै गरि चन्द्रकाेट गाउँपालिका वडा न ७ साेतामा पनि साेमबार नै कार्यकर्ता सँग अन्तरकृया गरिएकाे छ भने मजुवा बजारमा मतदातासँग प्रदिप कुमार ज्ञवालीले भेटघाट गरेका थिए ।