दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा ९० जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्य ३ जना र प्रदेश सभा सदस्यका ६ जना गरी ९ पदका लागि ९० जनाले उम्मेदवारी परेको हो । प्रमुख निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधिसभाका ३ सदस्यका लागि ४४ जना र प्रदेशसभाका ६ सदस्यका लागि ४६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी १७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधि सभातर्फ १० र प्रदेशस भातर्फ ७ जनाको स्वतन्त्र उम्मेदवारी दिएका छन्।
निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि १ स्वतन्त्रसहित १२ जना, १ ९ १ ० मा ९ जना, १ ९ २० मा ६ जनाको उम्मेदवारी परेको हो । दाङ क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा शहरी विकास मन्त्री मेटमणि चौधरी र नेकपा एमालेबाट नेतृ शान्ता चौधरीको उम्मेदवारी परेको छ । उनीहरूलाई प्रमुख प्रतिष्पर्धा मानिएको छ ।
उनीहरु बाहेक यहाँ प्रतिनिधि सभाका लागि नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेपाली कांग्रेस बिपीबाट अशोक खड्का, हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी (सत्गौवा), नेपाल मजदुर किसान पार्टीबाट गणेशभक्त खर्बुजा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बूढा मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट शोभाराम बूढा र स्वतन्त्रबाट चन्द्रमणि न्यौपानेको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै प्रदेश सभा तर्फ १ (१) मा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारू र नेकपा एमालेबाट गंगाराम भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै जनता समाजवादी पार्टीका जगतराम यादव, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका खुमबहादुर गाहा मगर, हाम्रो नेपाली पार्टीका टंकबहादुर बिष्ट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दामोदर चौधरी, राष्ट्रिय जनमोर्चाका महेशचन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका मान बहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रञ्जित चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै क्षेत्र नं. १ (२) मा नेपाली कांग्रेसबाट अनुराग खड्का र नेकपा एमालेबाट कुलबहादुर खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । खड्का स्वर्गीय नेता खुमबहादुर खड्का छोरा हुन भने, खत्री लमही नगरपालिकाका पूर्व मेयर हुन । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरखबहादुर केसी, मंगोल नेशनल अर्गनाइजेशनका टिकलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजकुमार विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि ३ स्वतन्त्र सहित १५ जना र प्रदेश सभातर्फ २ (१) मा १ स्वतन्त्र सहित ८ र २ (२) मा ५ जनाको उम्मेदवारी परेको हो । यहाँ सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी पोलिट्ब्युरो सदस्य तथा पूर्व मन्त्री रेखा शर्मा खड्का र नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ उनीहरूका बीचमा मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
यस्तै नेपाली कांग्रेस बिपीका गोविन्दप्रसाद शर्मा, नेकपा (माले) का नेत्रप्रसाद पाण्डे, नेमकिपाका आशाराम वैद्य, मंगोल नेशनल अर्गनाइजेशनका खड्क बहादुर बूढा मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, मौलिक जरो किलो पार्टीका रामचन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कृष्णबहादुर डाँगी, यमलाल जिसी र भुपनाथ अर्जेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेश सभा तर्फ २ (१) मा एक स्वतन्त्र उम्मेदवारसहित ८ जनाको उम्मेदवारी परेको छ । गठबन्धन दलबाट नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा पूर्व सांसद राजु खनाल र नेकपा एमालेबाट बलिभद्र रानाले उम्मेदवारी दिएका छन् । यस्तै राप्रपाका गोपाल बहादुर बेलबासे, मौलिक जरोकिलो पार्टीका निमबहादुर बिक, नेपाल आमा पार्टीका वेगम पाण्डे, नागरिक उन्मुक्ति पार्टीका रामप्रसाद थारू र स्वतन्त्रबाट रेशमबहादुर चौधरीको उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. २ (२) मा प्रदेशसभाका लागि ५ जनाको उम्मेदवारी परेको छ । गठबन्धन दलबाट नेपाली कांग्रेसका युवा नेता प्रचण्ड विक्रम न्यौपाने र नेकपा एमालेबाट गिरिराज केसीले उम्मेदवारी दिएका छन् । यस्तै राप्रपाका उमाकान्त भण्डारी, मंगोल नेशनल अर्गनाइजेशनका राजबहादुर घर्ती मगर र नागरिक उन्मुक्ति पार्टीका ओमप्रकाश चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ ६ स्वतन्त्रसहित १७ जना, प्रदेश सभातर्फ ३ (१) मा २ स्वतन्त्रसहित ९ र ३ (२) मा ४ स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभा सदस्य पदका लागि गठबन्धन दलबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी र नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओलीले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूका बीचमा मुख्य प्रतिपष्र्धा हुने आँकलन गरिएको छ । यस्तै राप्रपाका ओज बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी, राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णवीर नेपाली, नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी, मंगोल नेशनल अर्गनाइजेशनका घनश्याम चौधरी, जनता समाजवादी पार्टी नेपालका देवीलाल डाँगी, लोकतान्त्रिक समाजवादी पार्टीका रणेन्द्रविक्रम केसी, नेपाल मजदुर किसान पार्टीका वीरबहादुर चौधरी र नेकपा (माले) का शालिकराम चौधरीले पनि प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै स्वतन्त्रबाट हेमन्तबहादुर मल्ल, लिलाधर न्यौपाने, भुपबहादुर भण्डारी, तिलक खड्का, टोपेन्द्र बस्नेत र घनश्याम डाँगीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा तर्फ ३ (१) गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डेले उम्मेदवारी दिएका छन् । यी दुबै उम्मेदवारले आँफुलाई लुम्बिनी प्रदेशको मुख्य मन्त्रीको रुपमा प्रस्ततु गरेका छन् । मुख्य प्रतिपष्र्धा उनीहरुकै बीचमा हुने अनुमान गरिएको छ ।
यस्तै राप्रपाका हंसराज केसी, नेपाल लोकतान्त्रिक पार्टीका सागर बिक, लोकतान्त्रिक समाजवादी पार्टीका वासुदेव रेग्मी, मंगोल नेशनल अर्गनाइजेशनका ज्ञानबहादुर पुन र राष्ट्रिय जनमुक्ति पार्टीका चहरमान थारुले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा माइते चौधरी र सुमन बस्यालले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. ३ (२) मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धनबहादुर मास्के र नेकपा एमालेका हुकुमबहादुर बस्नेतले उम्मेदवारी दिएका छन् ।
मास्के माओबादीका पूर्व डिभिजन कमाण्डर हुन भने, बस्नेत एमालेका जिल्ला अध्यक्ष, यी दुई कै बीचमा मुख्य प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । यस्तै राप्रपाका भुपाल रावत, लोकतान्त्रिक समाजवादी पार्टीका राजन डाँगी र मंगोल नेशनल अर्गनाइजेशनका सुशील चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा भुपबहादुर बिक, दुर्गाबहादुर ओली, गणेशबहादुर बस्नेत र अमृता कुमारी बस्नेतले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया