गुल्मी । नेकपा एकिकृत समाजबादी पार्टिकी सचिव तथा गुल्मी क्षेत्र नम्बर -२ कि उमेदवार रामाकुमारी झाक्रीले अहिलेसम्म पनि गुल्मीमा हिड्न मुस्किल सडक र अँध्यारोमा बस्नु पर्ने अवस्था रहेकोले कासैले बिकासको गफ गर्नु लाज मर्दो बिषय भएको बताएकी छ्न् ।
गठबन्धनको तर्फ बाट साझा उमेदवार रहेकी झाक्रीले यस अघि चुनाव जितेका नेताहरुले निभिन्न बिकास गरेको भन्ने भाषणलाई लक्षित गर्दै सोमबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।
‘महिनौदेखि म आफ्नो जिल्लामा बसेकी छु । गाउँ–गाउँमा पुग्दा मोटर बाटोमा हिड्न समेत मुस्किल रहेछ । यसो पानी पर्यो कि जनता अँध्यारोमा बस्नु पर्दो रहेछ ’– उनाले भनिन –‘ गाउँको कुरा छाड्नुस यसै सदरमुकाममा हेर्नुस त बत्ती छैन।’
उनले बिसौ वर्षदेखि जिल्लाबाट चुनाव जितेका नेताहरुले विकास गर्न नसकेको आरोप लगाउँदै जनताले अपेक्षा गरेको विकास गर्न र मुलुकलाई स्थााियत्व दिन गठबन्धनका उमेदवारलाई जिताउन अपिल गरिन् ।
अहिलेको गठबन्धन जनतालाई विकास र मुलुकलाई निकास दिन बनेको दाबी गर्दै उनले गठबन्धन दलहरुलाई जनताले बुझी सकेको र जनता नै न्याय मुर्ति भएकोले यसपाली सत्य कुराको पक्षमा फैसाला गरेर आफुहरुलाई जिताउने बिश्वास समेत ब्यक्त गरिन् ।
‘हामीले बोलेर होईन काम गरेर देखाउँछौं , यसपाली हामीलाई मौका दिनुहोस गु्ल्मी जिल्लालाई यो अवस्थामा राख्ने छैनौं , जनताले सोचेको विकास दिने छौं , यस अर्थमा मात्रै हामी जनताको मत माग्दैछौं ’– उनले भनिन् । गुल्मीको मदाने गाउँपालिकामा जन्मेर विद्यार्थी काल देखि नेकपा एमालेको राजनीतिमा लागेकी झाँक्री नेकपा एमाले परित्याग गरी एकिकृत समाजवादीमा प्रवेश गरी अहिले हिजोका सहयोद्धा एमाले नेता गोकर्णराज बिष्टसंग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया