मंसिर २८,
ग्लोबल आवाज
भैरहवा । जनउत्थान पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार रबिन्द्र प्रताप गुप्ता सम्मानित भएका छन् । सहकारी प्रवद्र्धन तथा संरक्षण क्षेत्रमा योगदान पु¥याएको भन्दै उनलाई नगद १५ हजारसहित सम्मानपत्रबाट सम्मान गरिएको हो । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा, १५ कोटिहवा, रुपन्देहीले १४ औं जनउत्थान महोत्सव–२०७६ तथा एकीकृत सभाको अवसर पारेर उनलाई सम्मान गरेको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका, कोटिहवास्थित पशुपति मा.वि.मा शनिबार आयोजित कार्यक्रममा प्रदेश ५ सरकारका भुमिव्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेल, सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौड्याल तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले गुप्तालाई नगद र सम्मानपत्रसहित सम्मान गरे ।
विगत आधा दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गुप्ता गौतमबुद्ध सन्देश दैनिकको सह–सम्पादक हुन् । त्यस्तै उनी बुद्ध सामूदायिक टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको संवाददाता तथा जनतापाटी डट कम प्रदेश ५ का प्रतिनिधि समेत हुन् । गुप्ता लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीको कार्यसमिति सदस्य, नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देही शाखाको सह–सचिव, मधेशी पत्रकार समाज नेपाल रुपन्देहीको कोषाध्यक्ष तथा प्रेस संगठन नेपाल रुपन्देहीको कार्यसमिति सदस्यको जिम्मेवारी समेत बहन गरेका छन् ।
प्रतिक्रिया