ताजा अपडेट »

कपिलवस्तुमा प्रतिनिधि ५१ र प्रदेश सभा सदस्यका लागि ९५ जनाको मनोनयन दर्ता

सोमबार, २४ असोज २०७९

कपिलवस्तु । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य पदमा ५१ र प्रदेश सभा सदस्य पदमा ९५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कपिलवस्तु जिल्लामा ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र तर्फ गरी उक्त संख्यामा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधि सभा १ बाट २२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट नेकपा ९एमाले० ले संबिधानसभा सदस्य बलराम अधिकारीलाई उठाएको छ । सत्ता गठबन्धनले पूर्वमन्त्री नेकपा ९ माओवादी केन्द्र ० का चक्रपाणी खनाललाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभा १ ९क० तर्फ भने नेकपा ९ एमाले ० ले बिष्णु पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्छ । सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका डोलकराम घिमिरेले मनोनयन दर्ता गराउनु भएको छ ।

प्रदेश सभा १ ९ख० तर्फ एमालेले मधुसूदन शरण चौधरीले मनोनय दर्ता गराउनु भएको छ । माओवादी, काङ्ग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनमा रहेको नेकपा ९एकीकृत समाजवादी० ले फैजल खानलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधि सभा २ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ नेकपा ९एमाले० ले पुर्व मन्त्री वृजेश कुमार गुप्तालाई उठाएको छ ।
सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभा २ ९क० मा नेकपा ९एमाले० बाट नवराज लामिछानेले मनोनयन दर्ता गराउनु भएको छ । सत्ता गठबन्धनबाट बिक्रम सिंह थापाले मनोनयन दर्ता गराउनु भएको छ ।

प्रदेश सभा २ ९ख० मा नेकपा एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ । सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधि सभा ३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमाले बाट मंगल प्रसाद गुप्ताले मनोनय दर्ता गराउनु भएको छ ।
सत्ता गठबन्धनले काङ्ग्रेसका अभिषेक प्रताप शाहलाई उमेदवार उठाएको छ ।

प्रदेशसभा ३ ९क० मा नेकपा एमालेबाट अर्जुन केसीको मनोनयन दर्ता गराएको छ । केसी यहीँ क्षेत्रका निवर्तमान सांसद हुनुहुन्छ । सत्ता गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का एहसान खान मनोनयन दर्ता गराउनु भएको छ । उहाँको विरुद्धमा गठबन्धन कै एक घटक एकीकृत समाजवादीले जीवलाल पौडेललाई उठाएको छ ।

प्रदेश सभा ३ ९क० मा नेकपा एमालेबाट रजाउर्मान खांले मनोनयन दर्ता गराउनु भएको छ भने सत्ता गठबन्धनबाट बिरेन्द्र कानौडियाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।