ताजा अपडेट »

एमालेको सुदृढ जनाधार नै जित्ने आधार: प्रदिप ज्ञवाली

सोमबार, २४ असोज २०७९

गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले आफुले यसपालीको निर्वाचन जित्ने आधार गुल्मी जिल्लावासीको माया र नेकपा एमालेको सुद्धृढ जनधार भएको बताएका छन् । आईतबार गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका लागि उमेदवारी दर्ता गर्ने क्रममा उनले सञ्चारकर्मीहरुलाई छोटो प्रतिकृया दिदै त्यस्तो बताएका हुन् ।

तपाईले चुनाव जित्ने आधारहरु के छन ? भन्ने प्रश्नमा पुर्वृमन्त्री समेत रहेका ज्ञवालीले भने–‘ सबै भन्दा ठुलो आधार त गुल्मी जिल्लावासीको माया हो । जसले हमेसा माया दिई रहनु भएको छ र दिईरहनु हुने छ । अर्को कुरा नेकपा एमालेको सुद्धृढ जनाधार नै मैले चुनाव जित्ने आधारहरु हुन् । ’ तपाईको उमेदवारी के का लागि भन्ने अर्को प्रश्नमा नेता ज्ञवालीको जवाफ यस्तो थियो ‘ मुलुकमा अहिले बिकृतिहरु देखा परेको , त्यसले लोकतन्त्र र राष्ट्रियता माथी खडा गरेको चुनौतीहरुदाई अन्त्य गर्न र हाम्रो जुन समृद्धिको यात्रा छ त्यसलाई अझ गति दिनका लागि नेकपा एमालेको आबश्यकता छ ।’ उनले थपे–‘संग संगै गुल्मी जिल्लामा हामीले केहि महत्वपुर्ण रणनैतिक पुर्वधारका कामहरु सुरु गरेका छौ तिनीहरुलाई पुर्णताः दिनु पर्ने छ ।

कालिगण्डकी कोरिडोर, मदनभण्डारी राष्ट्रिय राजमार्ग रेसुङ्गा एअरपोर्ट केहि खानेपानी योजना , थुप्रै बिद्यालय भवन जस्ता योजनाहरु सम्पन्न गर्ने क्रममा छौं । ति कामहरुलाई समय मै सम्पन्न गर्नका लागि र गुल्मी जिल्लाको समग्र विकास र राष्ट्रको सन्धर्वमा भन्ने हो भने राष्ट्रियता र समृद्धिका लागि हामीले उमेदवारी दिएका हौं ।’ उनका प्रतिस्पर्धीका रुपमा गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारीले उमेदवारी दिएका छन् ।

सोही क्षेत्रको प्रदेश ‘क’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा प्ुर्वमन्त्री स्ुदर्शरन बरालले उमेदवारी दिएका छन् । उनका प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका नेता चिन्तामणि पाण्डेले उमेदवारी दिएका छन् । त्यस्तै ख प्रदेशमा गठबन्धनबाट धनेन्द्र कार्की र एमालेबाट फर्शुराम पाण्डेले उमेदवारी दिएका छन् ।