दाङ । नेकपा एमालेबाट टिकट नपाएपछि असन्तुष्ट बनेकी एमाले केन्द्रीय सदस्य गंगा चौधरी (सत्गौवा)ले हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएकी छन् । उनले स्वतन्त्र उम्मेदवार दिएको बताए पनि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीमा उनको उम्मेदवारी हाम्रो नेपाली पार्टीबाट परेको देखिएको हो ।
यस्तै सोही पार्टीबाट निर्वाचन क्षेत्र १ –ख मा गंगाबहादुर बिष्टको उम्मेदवारी परेको छ । बिष्टले माओवादी परित्याग गरेको विज्ञप्ति जारी गरेका थिए ।
प्रतिक्रिया