ताजा अपडेट »

नवलपरासी-१ मा काँग्रेसबाट उद्योगपति विनोद चौधरीले गरे उम्मेदवारी दर्ता

आइतबार, २३ असोज २०७९

नवलपरासी । पश्चिम नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति विनोद चौधरीले बर्दघाटवाट उम्मेदवारी दर्ता गराएका छन् । अबेर सम्म काग्रेसको संस्थापन ईतर पक्षले चौधरीको उम्मेद्धारी रोक्ने कोसिस गरेपनि असफल भएको छ ।

चौधरीलाई नवलपरासी बाट चुनाव लड्न नदिने मनासाय केहि नेताहरुको भएपनि सभापति शेरबहादुर देउवाकै ईन्ट्रेस्टमा चौधरीको टिकट सुनिश्चित भएको काग्रेस स्रोतले जनाएको छ ।काग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा सो क्षेत्र बाट संघिय चुनाव लड्न ईच्छुक विक्रम खनाल लगाएतका नेताहरु काठमान्डौ पुगेर चौधरीको उम्मेद्धारी नवलपरासी बाट रोक्ने कोसिस गरेका थिए ।

संस्थापन ईतरका केन्द्रिय नेताहरुले समेत उम्मेद्धारी रोक्न कोसिस गरेपनि असफल भएका छन् । अब नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरी र हृदयस त्रिपाठी बिचकडा प्रतिस्पर्धा हुने भएको छ । त्रिपाठी एमालेबाट चुनाव लड्ने भनिएपनि अझै अन्तिम टुंगो नलागेपछि आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।