ताजा अपडेट »

एमालेमा टिकट नपाएर पार्टी छाडेका नेता भुसालले रुपन्देही १ मा गराए मनोनयन दर्ता

आइतबार, २३ असोज २०७९

बुटवल । नेकपा एमालेकोतर्फबाट टिकट नपाएपछि पार्टी परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उमेद्वार दर्ता गराएका छन् । नेता भुसाललाई सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लागत दलको समर्थन रहेको छ ।

शनिबार एमाले परित्याग गरेको घोषणा गरेका नेता भुसालले सत्ता गठबन्धनको साझा उम्मेदवारकारुपमा रुपन्देही १ बाट आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । उनीसँग एमाले नेता छविलाल विश्वकर्माको प्रतिस्पर्धा हुने छ ।