ताजा अपडेट »

पाल्पामा एमाले नेता गैरे र समाजवादी नेता पाण्डेले गराए मनोनयन दर्ता

आइतबार, २३ असोज २०७९

बुटवल । पाल्पाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि एमाले नेता नारायणप्रसाद आचार्य र प्रदेशतर्फ क निर्वाचन क्षेत्रमा राजेश श्रेष्ठ तथा ख मा खेमबहादुर सारुले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पाल्पाको क्षेत्र नम्बर २ बाट नेकपा एमालेतका नेता ठाकुर गैरेले मनोनयन दर्ता गराएका छन् । उनीसँगै पाल्पा क्षेत्र नम्बर २ को क बाट पर्शुराम भट्टराई र ख बाट ओमबहादुर घर्ती मगर मनोनयन गर्दा गराएका हुन् ।

यसैगरी सत्तारुढ गठबन्धन दलको तर्फबाट पाल्पा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका जिल्ला उपसभापति ज्ञानबहादुर गाहा तथा प्रदेशतर्फ क्षेत्र क बाट श्यामकान्त खनाल तथा ख बाट काँग्रेसकै शंकर खनालले मनोनयन दर्ता गराएका हुन् । यसैरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशतर्फ क्षेत्र क मा नेपाली काँग्रेसका विरबहादुर राना तथा ख मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरले मनोनयन दर्ता गरेका छन् ।