बुटवल । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नंं. ५ मा बासुदेव घिमिरेले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । आइतबार भैरहवास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले उम्मेद्वारी दर्ता गरेका हुन् । शनिबार पार्टीले सो क्षेत्रमा उनलाई टिकट दिएको भनिएपनि आइतबार भने अन्यौल रहेको थियो ।
एमाले सचेतक तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले उम्मेद्वारी दिने चर्चा चलेको थियो । तर, घिमिरेले दर्ता गर्न सफल भएका छन् । उनले सामाजिक सञ्जालमार्फत दर्ता प्रमाण पत्र पनि सार्वजनिक गरेका छन् । उनी तिलोत्तमा नगरपालिकाका निवर्तमन प्रमुख हुन् ।
प्रतिक्रिया