ताजा अपडेट »

गुल्मी- १ बाट अर्यालको स्वतन्त्र उम्मेद्बारी, चुनाव चिन्ह लौरो

आइतबार, २३ असोज २०७९

गुल्मी । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि गुल्मी क्षेत्र नम्बर १ बाट ग्वादी गाउँका भुवनेश्वर अर्यालको लौरो चुनाव चिन्ह लिने गरि स्वतन्त्र उम्मेद्बारी परेको छ । त्यस क्षेत्रमा एमाले उपमहासचिव प्रदिप ज्ञवाली र गठबन्धनबाट काग्रेस नेता चन्द्र भण्डारीको उम्मेद्बारी पर्दैछ । त्यस्तै क्षेत्र नम्बर-२ मा पनि प्रतिनिधि सभाका लागि एक जनाको स्वतन्त्र उम्मेद्बारी परेको छ ।

पुर्व पत्रकार रहेका रामलाल पाण्डेको उमेवारी परेको हो । उनको पनि चुनाव चिन्ह लौरो हो । दुवै जनाले हालसम्म गुल्मीबाट जितेका र ३०औं, ४० औं वर्ष नेतृत्व गरेका कुनै पनि नेताले जिल्लाको बिकास गर्न नसकेको आरोप लगाउँदै स्वतन्त्र उम्मेद्बारी दिएको प्रतिकृया दिएका छन् । त्यस क्षेत्रमा एमाले सचीव गोकर्ण बिष्ट र गठबन्धनबाट नेकपा एसकी सचीव रामकुमारी झाँक्रीको उम्मेद्बारी पर्दैछ ।