ताजा अपडेट »

रुपन्देही क्षेत्र-३ मा एमालेको समर्थनमा दिपक बोहराको मनोनयन दर्ता

आइतबार, २३ असोज २०७९


भैरहवा । रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मनोनयन प्रक्रिया सुरु भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहराले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनलाई केकपा एमालेको समर्थन रहेको छ।

यसै गरि बिपक्षी गठबन्धनबाट नै प्रदेश सभा ३ (क) को लागि जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्र यादव र प्रदेश सभा ३ (ख)को लागि नेकपा एमालेका तुलसी प्रसाद चौधरीले मनोनयन दर्ता गरेकोे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार केशव बिक्रम खडकाले पनि उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारी छ । दिउँसो साढे १ पछि मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।