ताजा अपडेट »

रुपन्देही-५ मा एमालेबाट तिलोत्तमाका पूर्व मेयर घिमिरे उम्मेद्वार

शनिबार, २२ असोज २०७९

रूपन्देही । नेकपा एमालेले रूपन्देही क्षेत्र नं-५ बाट बासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।

घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन् । तिलोत्तमाका नगर प्रमुख हुँदा चर्चा कमाएका उनी यसअघि रूपन्देही क्षेत्र नं ३ बाट सिफारिस भएका थिए ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ५ मा घिमिरेलाई चयन गरेपनि पार्टीले उनलाई आधिकारिक पत्र भने पठाएको छैन ।