ताजा अपडेट »

एमालेसँग जसपाले गर्‍यो तालमेल, प्रतिनिधिसभामा १७ र प्रदेशसभातर्फ ४२ सिट पाउने

शनिबार, २२ असोज २०७९

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबिच आंशिक क्षेत्रमा चुनावी तालमेल भएको छ ।

शनिबार एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच चुनावी तालमेल भएको जानकारी दिएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार जसपाले प्रतिनिधिसभामा १७ सिट र प्रदेशसभातर्फ ४२ सिट पाउने भएको छ।