बुटवल । चितवन–३ मा आफूलाई सुरक्षित नदेखेपछि गोरखा–२ रोजेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ३० वर्षीय युवाले प्रतिस्पर्धा गर्ने भएका छन् । नेकपा एमालेकोतर्फबाट ३० वर्षीय युवा अब्दुस मियाँले प्रचण्डसँग प्रतिस्पर्धा गर्ने भएका हुन् ।
एमालेले भर्खरै विवेकशील साझाबाट पार्टी प्रवेश गरेका मियाँलाई गोरखा–२ मा उठाउने निर्णय गरेको हो । डा. बाबुराम भट्टराईले निर्वाचन नलड्ने भएपछि प्रचण्डले गोरखाबाट निर्वाचन लड्न लागेका हुन् । २०६४ सालमा पहिलोपटक चुनाव लड्दा प्रचण्ड काठमाडौं–१० र रोल्पाबाट लडेका थिए । ७० मा काठमाडौं–१० र सिरहाबाट लडेका उनी काठमाडौंमा पराजित भए भने सिरहाबाट जिते । २०७२ को संविधानले एक व्यक्ति दुई स्थानमा लड्न नपाउने व्यवस्था गरेपछि उनी २०७४ मा चितवन–३ बाट लडेर विजयी भएका थिए ।
प्रतिक्रिया