ताजा अपडेट »

लोसपाका कार्यकारिणी सदस्य मियाँ एमाले प्रवेश

शनिबार, २२ असोज २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य तथा निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार बिहान बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन् । 

बारा क्षेत्र नम्बर ४ बाट लोसपाले उनलाई टिकट नदिने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन् ।