काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मदवारले मनोनय पत्र दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने भएको छ।
उम्मेदवारी दिदा सार्वजनिक लाभको पदमा नरहेकोदेखि सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको भनि उम्मेदवारले स्व घोषणा गर्नुपर्ने ब्यवस्था आयोगले गरेको छ । स्वघोषणा पत्रमा आयोगले न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको लगायत २० वटा विविध बुद्धाहरु समेटेको छ।
मङ्सिर ४ गते हुन प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया