ताजा अपडेट »

लियो क्लव अफ बुटवलको ३४ औं चार्टरनाईट

शुक्रबार, २७ मंसिर २०७६

मंसिर २७,

ग्लोबल आवाज

बुटवल । ‘लियो क्लव अफ बुटवल’ को ३४ औं स्थापना दिवस (चार्टर नाईट) कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ बुटवल यस क्षेत्रको पहिलो क्लवल हो । सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्य सहित स्थापित क्लवले ३४ औं वर्षमा आईपुग्दा समाजमा उल्लेखनीय योगदान गरेको त्यस अवसरमा बोल्ने वक्ताहरुले स्मरण गरेका थिए ।

बुटवल चौराहा स्थित द्वारिका उदय सिनेमा घर, बटौली फूड ल्याण्डमा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठले समाजिक सेवाभावका साथ स्थापना भएको क्लवले समाज रुपान्तरणमा उल्लेखनीय योगदान गरेको बताए ।

क्लवका अध्यक्ष अविनाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेशकुमार श्रेष्ठ, लायनेश क्लव अफ बुटवलकी अध्यक्ष पुजन श्रेष्ठ, लियो सल्लाहकार अनिलप्रसाद श्रेष्ठ, बुटवल लायन्स आँखा अस्पतालका सभापति रामेश्वर श्रेष्ठ, लियो डिष्ट्रिक सचिव अब्दुल शाहजिद, लियो क्लवका पूर्व अध्यक्ष जयप्रकाश गुप्ता, क्लवका संस्थापक सदस्य प्रदिपकुमार उदय, रञ्जित सेरचन, लायन्स डिष्ट्रिक को–चिफ एड्भाईजर अर्जुनमान सैंजु लगायतले शुभकामना मन्तव्य राख्दै समाज रुपान्तरणकालागि सामाजिक कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिए ।

क्लवकी सचिव तृप्ती लिगलको सञ्चालनमा भएको कार्यक्रममा रमेश न्यौपानेले स्वागत, रासु श्रेष्ठले ध्वजा अभिवादन तथा लियो प्लेट सुमी थापाको रहेको थियो ।