बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जित पक्का नहुने देखेपछि चितवन छाडेर गोरखा जाने भएका छन् । चितवन क्षेत्र नम्बर ३ का नेता समेत रहेका वाईसीएल केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रचण्ड चितवनबाट नलड्ने सार्वजनिक गरेका हुन् ।
पनेरुले देशभित्र र बाहिरका परिवर्तनविरोधीका हजार षड्यन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् । चितवन र ३ नम्बर क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर संकट आएको भन्दै यसको असर गठबन्धन र चितवनका तीनवटै निर्वाचन क्षेत्रमा पर्ने चेतावनीसमेत दिएका छन् । चितवन– ३ मा कांग्रेसको भुइँकटहर समूहले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तय भइसकेको छ भने एमाले र राप्रपाका विक्रम पाण्डेबीच पनि सहकार्यको तयारी छ ।
सोही क्षेत्रमा रवि लामिछानेसमेत उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला वााईसीएलका नेताले प्रचण्ड चितवन छाडेर अन्यत्र जान लागेको पुष्टि गरेका छन् ।
प्रतिक्रिया