ताजा अपडेट »

भारतका तिब्रगतिका बलर बुमराह विश्वकप बाहिर

मंगलबार, १८ असोज २०७९

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो ।

दक्षिण अफ्रिकाबिरुद्द टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहदैन थियो ।

विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।