ताजा अपडेट »

दशैंमा पनि ५ दलीय गठबन्धनलाई सिट बाँडफाँटको चटारो

मंगलबार, १८ असोज २०७९

काठमाडौं । नेपालीहरुको अर्थात् मुलुककै ठूलो पर्व दशैंको रौनक माहौलमा पनि सत्ताधारी ५ दलीय गठबन्धनलाई भने सिट बाँडफाँटको चटारोले छोडेको छैन । लामो समयदेखिचलेको आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्न छलफल निरन्तर छ । तर, सहमति हुन सकेको छैन ।

प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रूप पाउने कार्यदल सचिवालयका सचिव केशवराज जोशीले बताए ।

राष्टिय जनमोर्चाका तर्फबाट कार्यदल सदस्य रहेका हिमलाल पुरी पनि प्रतिनिधिसभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको बताउँछन् ।