ताजा अपडेट »

एमाले प्रवेश गरे माओवादीका छक्क बहादुर

सोमबार, १७ असोज २०७९

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गरेका हुन् ।

लामा ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवार विरुद्ध बागी उठेर चुनाव जितेर सबैलाई छक्क पारेका थिए । प्रतिनिधिसभाका सांसदसमेत रहेका उनी माओवादीको केन्द्रीय सदस्यसमेत हुन् ।