ताजा अपडेट »

सम्झनामा दशै !!

आइतबार, १६ असोज २०७९

कमेरो अनि रातो माटो नछोई
मनाएको दशै के दशै ?

अरुवाका खरबारीहरुमा
खरका भुल्काहरु काटेर
बाटेको पिङ्गलाई
भुल्के खोलामा चोपलेर
कसारेको कटहरमा बाधिएको पिङ्ग
जोर्ते नखेल्दासम्म दशै आएजस्तै नलाग्दोरहेछ !

आगनभरी भिजाएर
सुकाएको चामल
जातोमा फेरो लगाएर
आगनकै बिचमा बनाएको
अगेनोको छेउमा बसेर
बाङ्गिएका सेल नचाखेको दशै के दशै ।

सङ्गीहरुसग गाउभरीका सेल
चाख्दै डुलेर
घरका कोठाभरी
तास खेलेका काकाहरुलाई
कालो चिया दिएपछी
पाईने भेस्टिङ्गको पैसा
खोड्खोडेको खालमा
झन्डी र बुर्जी नमारेको दशै पनि के दशै ?

ठुलाबाको हातको टिको तानेर
भाईलाई लगाईदिएर
जबर्जस्ति ठोगाएर पैसा मागिन्थ्यो
निधारमा नअटाएर
गालासम्म झरेको रातो टीका झर्यो भने
भाग्य झर्छ रे भनेर
चलिकन सुतेर पुर्णीमा सम्म
टमक्कै टीका जमरा लगाईथ्यो
र पो दशै दशै हुन्न्थ्यो ।।

भाइ हुन्थ्यो, दिदीबहिनी हुन्थे
तास खेलिन्थ्यो, झेल्ली गर्दै जितिन्थ्यो
आमाले घन्टैपिच्छे अचार र सेल दिनुहुन्थ्यो ।
बाबाले नयाँ ५ रुपैयाँका नोठ,
टिको लगाईदिदै हजुरआमाले दिएको आशीर्वाद
सङ्गीहरुका उट्पट्याङ्ग सबै हुन्न्थ्यो
र पो दशै हुन्न्थ्यो ।।

अचेल त
टिकाकै अघिल्लो दिन
खुसुक्क घर पुगेर
भुसुक्क निदाएपछी
भोलिपल्ट दौडिदै अफिस सम्झनुपर्छ ।
कहिल्यै हेल्लो नभन्नेहरुको
नामबाट म्यासेज आईपुग्छ मोबाईलमा
ज्बउउथ म्बकजबष्ल।।

न नयाँ नोठ, न नयाँ उमंग
न पूराना याद, न पूराना साथी
न उबेलाको दशै, न उबेलाको मज्जा

नलेखिएको थुप्रै उपन्यासहरु
मनका मानसपटलहरुमा
लटरम्म फल्छन कोहिबेला
दशैका यादपनी
त्यस्तै नलेखिएको
एउटा उपन्यासको अंश हो
सबैलाई दशैको शुभकामना ।।