ताजा अपडेट »

फेरि बढ्यो सुनको मूल्य

शुक्रबार, १४ असोज २०७९

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा २ सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९२ हजार ५ सय सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।